logo-img

निर्वाचन अवधिभर सुर्खेतमा मादकपदार्थ बिक्रीवितरण निषेध

स्थानीय निर्वाचन अवधिभर सुर्खेतमा मादक पदार्थ बिक्रीवितरणमा निषेध गरिएको छ । यही वैशाख २७ गते मंगलबारदेखि लागू हुनेगरी सुर्खेतमा मादक पदार्थ बिक्रीवितरण तथा सेवन निषेध गरिएको हो ।

आइतबार सूचना जारी गर्दै सुर्खेतको जिल्ला प्रशासन कार्यालयले मादकपदार्थ सेवन तथा बिक्री वितरण कार्यले निर्वाचनलाई अवरोध सिर्जना गर्न सक्ने भन्दै  मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निर्वाचन अवधिभरका लागि मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको जनाएको छ ।

सूचनाविपरीत गतिविधि गरेको पाइएमा प्रशासनले प्रचलित कानुनबमोजिम कडा कारबाहीको प्रक्रिया अघि बढाउने समेत जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ अनुसार वैशाख २७ गते मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदै छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार १८:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया