कार्लोस अल्काराजले जिते मड्रिड ओपनको उपाधि

स्पेनका कार्लोस अल्काराजले मास्टर्स १००० अन्तर्गतको मड्रिड ओपन टेनिसको उपाधि हात पारेका छन् । छैटौं वरियताका उनले तेस्रो वरियताका साविक विजेता अलेक्सजेन्डर ज्वेरेभलाई २–० को सोझो सेटमा हराए । 

अल्काराजले जर्मनीका ज्वेरेभलाई ६–३ र ६–१ को सेटमा हराउँदै वर्षको चौथो तथा मास्टर्स १००० को दोस्रो उपाधि हात पारेका हुन् । उनले यसअघि मास्टर्स १००० अन्तर्गत मियामी ओपन टेनिसको उपाधि हात पारेका थिए ।

आल्काराजले सेमिफाइनलमा नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । ​ज्वेरेभले सेमिफाइनलमा स्टेफानो सित्सिपासलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । ‘यो प्रतियोगिता मेरा लागि विशेष छ किनकी मैले सात/आठ वर्ष हुँदा देखि नै यसलाई हेर्दै आएको छु,’अल्काराजले उपाधि जितपछि भने । 





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १२:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया