विप्लव नेतृत्वको नेकपा विभाजित, बाँस्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन
विप्लव संसदवादमा फसेको संयोजक बाँस्तोलाको आरोप

पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बाँस्तोला रहेको जानकारी गराइएको छ । 

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बाँस्तोलाले बताए । उनले नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे । 

‘महासचिव विप्लव समूहले कतिपय केन्द्रीय सदस्यहरुलाई नै एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि आफूहरुले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौं । संक्षेपमा यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो । त्यसका लागि हामीले समृद्धि र स्वाधिनताको नारालाई अघि सारेका छौं,' संयोजक बाँस्तोलाले भने, 'केपी ओली, प्रचण्डहरूले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरुले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौं ।’

सो पार्टीले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १३:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया