logo-img

मतदान केन्द्रतर्फ लागे म्यादी प्रहरी (तस्बिरहरू)

शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका म्यादी प्रहरी आफ्नो कार्य क्षेत्रतर्फ लागेका छन् । निर्वाचन कार्यालय मकवानपुरले १ हजार ३ सय २२ जना म्यादी प्रहरी माग गरेअनुसार उनीहरूलाई तालिम पछि आज कार्य क्षेत्रमा खटाइएको हो । 

४० दिन खटिने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोसाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचन स्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् । उनीहरूले २८ चैतबाट तालिम गरेका थिए ।

मकवानपुरमा यसपालि ३ सय ६५ मतदान केन्द्रबाट २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् । तीमध्ये १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना ६ अन्य मतदाता रहेका छन् ।

कार्य क्षेत्रतर्फ लागे म्यादी प्रहरी, हेर्नुहाेस् तस्बिर 





 

  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार १२:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया