गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान [तस्वीरहरू]

निर्माण सम्पन्न भई उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तराष्ट्रिय विमानले अवतरण र उडान गरेको छ ।  भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो । 

२ जेठमा (बुद्ध जयन्ती)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्न लागेकाले उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आज विमान आएकाे हाे । विमानमा करिब चार दर्जन स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी)का अधिकारी, चार वटा बुलेट प्रुफ गाडी, सुरक्षाका सामाग्री दिल्लीबाट सीधै भैरहवा आएको हो । यो नै पहिलो अवतरण र उडान गर्ने अन्तर्राष्ट्रिय विमान भएकाे विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

यो चार्टड विमान कूटनीतिक उडान हो, मोदीले प्रयोग गर्ने गाडी र सामानसहित आएको विमान अढाई घण्टापछि फर्केको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २ जेठदेखि व्यवसायिक उडान गरी उद्घाटन हुँदैछ । कुवेतको जजिरा एयरलायन्सले यहाँबाट व्यवसायिक उडान गर्न अनुमति पाइसकेको छ । 





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १५:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया