सोधपुछपछि नेकपा (बहुमत) का संयोजक बाँस्तोला रिहा

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । आज बिहान दाङको भालुवाङबाट पक्राउ परेका उनलाई सोधपुछपछि रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । 

चुनाव बहिष्कार गर्ने गतिविधि सञ्चालन गर्न खोजेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले उनको रिहाइको माग गर्दै आज नै विज्ञप्ति जारी गरेका थिए ।

उनले विज्ञप्तिमा आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको पनि स्पष्ट पारेका छन् । 





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार १०:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया