logo-img

मौन अवधिमा रामचन्द्र भन्छन्– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं

नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् । 

शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् । 

‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ उनले अपिलमा भनेका छन् । 

स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बाजेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।  
 





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार १३:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया