मकवानपुरमा मतदान सकियो, मतगणना स्थलमा ओसारिँदै पेटिका

मकवानपुर जिल्लाका दशवटै स्थानीय तहमा मतदानको काम सकिएको छ । अपराह्न ५ बजेपछि मतदानको काम सकिएको हो । मतदानको काम सकिएलगतै मतगणनाका लागि मतपेटिका संकलन गर्ने काम सुरु भएको छ ।

जिल्लाका विकट गाउँमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन हुनका लागि समय लाग्ने भए पनि दशवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय वरपर रहेका सुगम स्थानबाट मतपेटिका पनि संकलन सुरु गरिएको छ ।

विशेषगरी हेटौंडा उपमहानगरपालिकाको साविकका वडाहरुबाट मतपेटिकाहरु संकलनको काम भइरहेको छ । टाढाका वडाहरुबाट समेत पनि मतपेटिका संकलन सुरु भएको छ ।





  • प्रकाशित मिति : वैशाख ३०, २०७९ शुक्रबार १९:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया