logo-img

कञ्चनपुरको दोधारा चाँदनी नगरप्रमुखमा एमालेका लिम्बू निर्वाचित
फाइल तस्वीर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित भएका हुन् । लिम्बूले सात हजार १०४ मत प्राप्त गरेका छ भने उनका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित भएकी छन् । उनी छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भइन् । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरेका छन् ।

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । १० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक पालिकामा जित निकालेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १४:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया