एमालेलाई हराउँदै घोडाघोडीको मेयरमा एकीकृत समाजवादीका रावत विजयी

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा पहिलो नगरप्रमुख जितेको छ । उसले कैलालीको घोडाघोडी नगरपालिकाको मेयर जितेको हो ।

घोडाघोडीको प्रमुखमा एकीकृत समाजवादीका खडकबहादुर रावत १३ हजार १२८ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत पाए । चौधरी अघिल्लोपटक एमालेबाट नगर प्रमुखमा विजयी भएका थिए । 

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनी एमालेकी करुणादेवी बटालालाई हराउँदै उपमेयरमा विजयी भएकी हुन् । घोडाघोडीमा गठबन्धन थियो ।

जसअनुरूप मेयर समाजवादी र उपमेयरको टिकट कांग्रेसको भागमा परेको थियो । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १०:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया