स्थानीय तह निर्वाचन
६३८ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

गत शुक्रबार भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७५३ मध्ये ६३८ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  

निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा जित निकालेका छन् । 

कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  

जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ । एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  

आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।  





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १२:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया