धरानमा लौरोलाई पछ्याउँदै दुई ठूला राजनीतिक दल
फाइल तस्वीर

धरान उपमहानगरमा ६२ हजार मत मध्ये हालसम्म ४० हजार ७९७ मतगणना भइसकेको छ । जसमा अहिले पनि लौरो चुनाव चिह्न दिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साङपाङ अग्र स्थानमा छन् । 

उनले यो समाचार तयार गर्दासम्म १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।

त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने ९ हजार ११ मत रहेको छ ।  गठबन्धन भन्दा साङपाङ १ हजार ४५३ मतले अगाडी छन् । त्यस्तै नेकपा एमाले भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार ५२४ मतले अगाडी छन् । 

हाल सम्म वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,१२,१४,१८ र १९  मत परिणाम घोषणा भइसकेको छ । ११,१३ र १५ न। वडाको मतगणना भइरहेको छ । 

त्यस्तै १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । २० नम्बर वडाको भने मतगणनामा विवादपछि मतगणना नतिजा घोषणा गर्न बाकी रहेको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १९:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया