logo-img

गणेशमानमा कांग्रेसका मेयर र उपमेयर निर्वाचित, निवर्तमान मेयरको जमानतसमेत जफत
फाइल तस्वीर

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन् भने राप्रपाका जेकसन हमाल ठकुरीले २ हजार ६७० मत पाएका छन् ।

त्यस्तै, निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैठौं स्थानमा रहेका छन् । जसपाले टिकट नदिएपछि लोसपामा प्रवेश गरेका निवर्तमान मेयर यादवले आफ्नो जमानत समेत जोगाउन सकेनन् । 

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन् । उनले ३ हजार २८३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी श्रीविन्दु मास्केले २ हजार २६६ मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार २०:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया