रियल मड्रिड विश्वकै सबैभन्दा धनी क्लब

स्पेनिस क्लब रियल मड्रिड पुनः विश्वको सर्वाधिक धनी फुटबल क्लबको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ । ऊ ला लिगा प्रतिद्वन्द्वी बार्सिलोनालाई पछि पार्दै विश्वकै सबैभन्दा धनी क्लब बनेको हो । 

यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्दै च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको रियल फोर्ब्सले निकालेको धनी क्लबको सूचीमा शीर्ष स्थानमा फर्किएको हो । फोर्ब्सका अनुसार रियलको कुल बजार मूल्य ४.१ बिलियन पाउण्ड रहेको छ । 

दोस्रो स्थानमा रहेको बार्सिलोनाको मूल्य ४.० बिलियन पाउण्ड छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड ३.६५ बिलियन पाउण्ड बजार मूल्यका साथ तेस्रो स्थानमा छ ।

इंग्लिस क्लब लिभरपुल ३.५, जर्मन क्लब बार्यन म्युनिख ३.४, इंग्लिस क्लब म्यानचेस्टर सिटी ३.३ बिलियन र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि ३.३ बिलियन पाउण्ड बजार मूल्यका साथ चौथो देखि सातौं स्थानमा छन् । 

इंग्लिस क्लब चेल्सी, इटालियन क्लब, युभेन्टस नस्थानमा तथा इंग्लिस क्लब टोटेनहम हटस्पर आठौं देखि १० औं स्थानमा छन् । उनीहरु बजार मूल्य क्रमश: २.४, १.९ र १.८६ बिलियन पाउण्ड छ । 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १४:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया