logo-img

बालेन शाहलाई जिताउने काठमाडौंबासीलाई बधाई छ : राजेन्द्र महतो
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौंबासीले परिवर्तन चाहेर बालेन शाहलाई जिताएको बताएका छन् ।

शुक्रबार संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बालेनहरूको जित परिवर्तनको संकेत भएको बताएइका हुन् । उनले बालेनलाई जिताएको भन्दै काठमाडौंबासीलाई धन्यवाद पनि दिए ।

'यो काठमाडौंमा बालेन शाह के हो, जनताले खोजेको परिवर्तन त्यो संकेत हो । यही मञ्चबाट बधाई दिन्छु काठमाडौंबासीलाई, परिवर्तनको संकेत त्यो बालेन शाहलाई पनि बधाई दिन चाहन्छु' उनले भने ।

उनले रेशम चौधरीलाई पनि जनताले अपराधी होइनभन्दा भन्दै सरकारले जेलमा थुनेको तर्क गरे । अहिले टीकापुरका र कैलालीका जनताले मतदान गरेर उनको पार्टीलाई जिताएको बताए ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १७:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया