logo-img

खराब माैसमका कारण सम्पर्कविहीन तारा एयरको जहाज खाेजीमा समस्या

पोखराबाट उडेको सम्पर्कविहीन तारा एयरको जहाज खोजी जारी छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ । 

यस्तै, पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराब छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरि हिमालकै वरपर यो दुर्घटना हुनसक्छ भनिएको छ । तर, कहाँनिर भन्ने छैन ।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।  






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १२:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया