logo-img

तारा एयर विमान बेपत्ताः अहिलेसम्म के के थाहा भयो ?

कास्कीको पोखरा विमानस्थलबाट आज विहान ९ बजेर ५५ मिनेटमा उडान भरेको तारा एयरलाइन्सको विमान जोमसोम विमानस्थलमा १० बजेर २० मिनेट जाँदा अवतरण गर्नु पर्ने थियो ।

तर, यो ट्विन अटर ९ एनएइटी विमान १० बजेर ७ मिनेट जाँदादेखि विमानस्थलको रडारसँग सम्पर्कविहिन छ ।

म्याग्दीको एयरस्पेसमा हुँदासम्म पोखराको विमानस्थलसँग सम्पर्कमा रहेको यो विमान त्यसपछि जोमसोमको विमानस्थलसँग सम्पर्कमा आउनु पर्ने थियो । तर, त्यहाँ सम्पर्कमा आएन । 

यो विमानमा २२ जना सवार थिए । ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेको विमानमा ४ भारतीय नागरिक र २ तेस्रो मुलुकका नागरिक थिए । उनीहरु अहिले कोही पनि सम्पर्कमा आएका छैनन् । विमानलाई प्रभाकर घिमिरेले उडाइरहेका थिए । उनीसँग एक सहपाइलट र एक एयर होस्टेज पनि थिइन् ।

विमानको खोजीका लागि मुस्ताङको लेतेमा हेलिकोप्टर गएको थियो । तर, त्यहाँ हुस्सु लागेको र खराब मौसम भएकाले हेलिकोप्टर फर्कियो ।

नागरिक उड्ड्यन प्राधिकरणले अब हवाइ मार्गबाट खोज्न सम्भव नभएपछि स्थल मार्गबाट खोज कार्य सुरु भएको बताएको छ ।



फरकधारको सम्पर्कमा आएका स्थानीय सोमल हिराचनले बादल डुम्म लागेको र हल्का वर्षा भएका कारण विमान खोजी कार्यमा समस्या भएको बताएका छन् । 

स्थानीयहरुले त्यहाँको एक डाँडाबाट आवाज त आएको तर आफूहरुले बादल लागेका कारण केही नदेखेको पनि बताएका छन् । 




  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १३:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया