logo-img

सम्पर्कविहीन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

सम्पर्कविहीन भएको ताराको जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । पोखरा नागरिक उड्ययन कार्यालयका अनुसार जोमसोमबाट टुकुचे र धौलागिरि क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको हो ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन । 

उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेका तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक सवार थिए । 






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया