logo-img

हराइरहेको तारा एयरमा थिए १६ नेपाली, ६ विदेशी

पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको विमान अहिलेसम्म सम्पर्कमा आएको छ । ९ बजेर ५५ मिनेटमा उडान भरेको यो विमानमा विमानमा १६ नेपाली र भारतीय नागरिकसहित ६ विदेशी रहेको खुलेको छ । 

यीमध्ये ३ जना चालक दलका सदस्य रहेका छन् । 

तारा एयरको विमान मुस्ताङ क्षेत्रमा नै दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ । खोजी कार्य जारी छ । 

जहाजमा ४ भारतीय नागरिक र २ विदेशी रहेको जनाइएको छ । तारा एयरको कलसाइन ९ एनएइटी रहेको विमान हराइरहेको हो । जहाजलाई प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:२९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया