logo-img

तारा एयरको हराइरहेको विमानमा पाइलट थिए प्रभाकर घिमिरे

पोखराबाट जोमसोमका लागि आज विहान ९ बजेर ५५ मिनेटमा उडान भरेको तारा एयर रडारको सम्पर्कबाट हराएको छ । 

१९ यात्रु सवार भनिएको विमान उडानको केही समयमा नै रडारको सम्पर्कबाट हराएको थियो । 

विमानमा पाइलट प्रभाकर घिमिरे रहेको तारा एयरका अधिकारीहरुले जानकारी दिएका छन् । 

विमानको खोजी कार्य सुरु भएको छ । तारा एयरका अधिकारीका अनुसार विमानको उडान भएपछि अहिलेसम्म अवतरण भइसक्नु पर्ने थियो । तर, विमान सम्पर्कमा आउन सकेको छैन ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया