logo-img

चालक दलका सदस्यसहित २२ जना सवार थिए हराइरहेको तारा एयरमा

पोखराबाट जोमसोमका लागि आज विहान ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको तारा एयरको ट्विनअटर अहिले पनि सम्पर्कमा आएको छैन । 

विमानमा चालक दलका ३ सदस्य र १९ यात्रु रहेको पुष्टि भएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले दिएको जानकारीअनुसार विमानले उडान भरेको एक घन्टासम्म पनि सम्पर्कमा आउन सकेको थिएन ।

अहिले मौसम अनुकुल नभएकाले खोजी कार्यमा समस्या भएको छ । एउटा हेलिकोप्टर जोमसोममा भए पनि उडान भर्न सकेको छैन । 

आज विहान यही रुटमा समिट एयरले उडान भरेको थियो ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया