\


एम्बाप्पेविरुद्ध रियलका समर्थकको नाराबाजी
फरकधार / १६ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

 स्पेनिस क्लब रियल मड्रिडका समर्थकले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एम्बाप्पेविरुद्ध नाराबाजी गरेका छन् । च्याम्पियन्स लिगको उपाधि जितेपछि आयोजित विजयी र्‍यालीमा समर्थकले एम्बाप्पेविरुद्ध नाराबाजी गरेका हुन् ।

डिफेन्डर तथा कप्तान मार्सेलोले भाषण गरिरहेको समयमा समर्थकले ‘केलियन एम्बाप्पे, सन अफ वीच’ भन्दै नाराबाजी गरेका थिए ।

रियलले शनिबार राति इंग्लिस क्लब लिभरपुललाई हराउँदै १४ औंपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । फ्रेन्च फरवार्ड एम्बाप्पे रियल नआएपछि समर्थक रिसाएका हुन् ।

रियलसँग अनुबन्धनका लागि मौखिक कुरा भए पनि एम्बाप्पेले पिएसजीसँगको सम्झौता नवीकरण गरेका थिए । 




 



  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १४:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया