logo-img

बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन पाइने

काठमाडौं– बिहीबारदेखि गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि श्रम स्वीकृति लिन पाइने भएको छ । यसअघि वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन काठमाडौं आउनुपर्ने बाध्यात्मक अवस्था थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक प्रदेशमा सेवा विस्तार गर्ने क्रममा पोखरामा पनि कार्यालय स्थापना गरेको हो । 

पहिलो चरणमा गत १५ पुस देखि २ नम्बर प्रदेशको जनकपुर र ५ नम्बर प्रदेशको बुटवलबाट श्रम स्वीकृति दिने व्यवस्था सुरु गरेको मन्त्रालयले बिहीबारदेखि पोखरामा पनि सो सेवा सुरु गर्ने भएको हो । 

पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति लिन पाइनेछ । मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दाहालको उपस्थितिमा पोखराबाट पहिलो दिन श्रम स्वीकृति सेवाको सुरुवात गरिने मन्त्रालयले जनाएको छ ।
 
संघीयताको मर्मअनुरूप मन्त्रालयले सातै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी गरेको जनाउँदै बाँकी प्रदेशमा पनि छिट्टै सेवा विस्तार गर्ने मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १६:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया