पहिरोमा पुरिएर संखुवासभामा दुईजनाको मृत्यु

चैनपुर नगरपालिका–१ नुनढाकीमा सुक्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा सुनसरी  धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेमबहादुर मगर रहेका छन् । 

चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुक्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

उद्धार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १८:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया