logo-img

नेसन्स लिगमा स्पेनविरुद्ध हारबाट जोगियो पोर्चुगल

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । लिग ‘ए’ अन्तर्गत समूह २ को खेलमा दुवै टोली १–१ को बराबरीमा रोकिएका हुन् । 

बेनिटो भिल्लामरिन स्टेडियमा सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली स्पेन अंक बाँड्न बाध्य बन्यो । खेलको २५ औं मिनेटमा पाब्लो साराबियाको पासलाई सदुपयोग गर्दै अल्भारो मोराटाले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । 

८२ औं मिनेटमारिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १९१ को बराबरीमा ल्याए । उनले जाओ कान्सेलोको पासलाई सदुपयोग गरेका थिए । 

यो नतिजासँगै दुवै टोलीले एकर एक अंक जोडेका छन् । यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्वीट्जरल्याण्डलाई २–१ ले हराउँदै सुखद सुरुवात गर्‍यो ।

लिगअन्तर्गतकै अन्य खेलमा इस्टोनियाले सान मारिनोलाई २–० ले पराजित गर्दा इजरायल र आइसल्याण्ड २–२ को बराबरीमा रोकिएका छन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ८:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया