logo-img

पूर्ण फिट भए मात्र विम्बल्डन खेल्नेछु : नाडाल

२२ पटकका ग्रान्डस्लाम विजेता कीर्तिमानी स्पेनिस टेनिस स्टार राफेल नाडालले पूर्णरूपमा फिट भए मात्र विम्बल्डन खेल्ने बताएका छन् । नाडालले आइतबार कास्पर रुडलाई हराउँदै १४ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितपछि यस्तो बताएका हुन् । 

उनले सो खेल ६–३, ६–३, ६–० को सोझो सेटमा जितेका थिए । फाइनलपछि पत्रकारसँग कुरा गर्दै दुईपटकका विम्बल्डन विजेता नाडालले पूर्णरूपमा फिट भए मात्र आफूले प्रतियोगितामा सहभागिता जनाउने बताए । ‘म पूर्णरूपमा फिट भए मात्र विम्बल्डन खेल्छु’, नाडालले भने, ‘कुनै पनि खेलाडीले विम्बल्डन गुमाउन चाहँदैन ।’

नाडाल २७ जुनबाट लण्डनमा सुरु हुने विम्बल्डनमा सहभागी हुनेमा आशावादी भने छन् । फ्रेन्च ओपनको दोस्रो चरणमा क्वारेन्टिन माउटेटमाथिको जितपछि नाडालले आफूलाई खुट्टाको चोटका कारण हिँड्नसमेत कठिन भएको प्रतिक्रिया दिएका थिए । यद्यपि उनी प्रतियोगिताको उपाधि जित्न भने सफल भए ।


 





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १२:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया