पाटनका निवर्तमान मेयर चन्दले सार्वजनिक गरे पाँचवर्षे कार्यप्रगति

बैतडीको पाटन नगरपालिकाका निवर्तमान मेयर केशवबहादुर चन्दले ५ वर्षमा आफूले गरेको कामको विवरण सार्वजनिक गरेका छन् । पाटनमा आज एक कार्यक्रमको आयोजना गरी आफूले गरेको कामको विवरण उनले सार्वजनिक गरेका हुन् ।

गएको ५ वर्षमा आफूले राज्यबाट १९ लाख सेवा सुविधा पाएको र त्यो सेवा सुविधा सामाजिक काममा खर्च गरेको उनले बताए ।

विपन्न नागरिकलाई औषधि उपचार, एम्बुलेन्स सेवा सञ्चालन, मठमन्दिर, विद्यालय तथा क्याम्पस व्यवस्थापन, घाट व्यवस्थापनलगायत क्षेत्रमा आफूले खर्च गरेको निवर्तमान मेयर चन्दले बताए ।

आफूले पाएको रकमबाट पाटन बहुमुखी क्याम्पसमा १ लाख छात्रवृत्ति प्रदान गरेको, २ लाख त्रिपुरेश्वरघाट व्यवस्थापनमा खर्च गरेको, कोरोना महामारीको बेला अढाइ लाख एम्बुलेन्स सेवा सञ्चालनमा खर्च गरेको उनले बताए ।
 
यस्तै, विभिन्न व्यक्तिलाई सहयोग, मठमन्दिरमा सहयोग गरेको बताउँदै चन्दले बाँकी रहेको रकम स्व. भानबहादुर चन्द स्मृति कोषमा जम्मा गरेको बताए । कोषमार्फत आफूले सामाजिक सेवालाई निरन्तरता दिने पूर्वमेयर चन्दले बताए ।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार २०:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया