रोकिएन पृथ्वी राजमार्गमा झरेको पहिरो, सडक खुलाउन समस्या

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । दुईवटा जेसिबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पहिरोको कारण  सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजो राति ११ बजेदेखि अवरुद्ध रहेको छ । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १३:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया