कैलाली जिसस निर्वाचन : मोहन्यालका अध्यक्षले मतदान गर्न नपाउने भएपछि गठबन्धन अल्पमतमा, धनगढीका मेयरकाे मत निर्णायक

कैलाली जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले मतदान गर्न नपाउने भएका छन् । जिसस कैलालीको निर्वाचन भोलि (सोमबार) हुँदै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा चलाएको अवस्थामा उनको पद स्वतः निलम्बनमा रहेको भन्दै निर्वाचन आयोगले उनलाई मतदानको  अधिकार प्रयोग गर्न रोक लगाएको हो । 

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशन पत्र पठाउँदै उपाध्याय स्वतः निलम्वनको अवस्थामा रहेकाले कुनै अधिकार प्रयोग नगर्न भनेको छ ।

अध्यक्ष उपाध्यायविरुद्ध ०७४ मा वडाअध्यक्ष भएका थिए । भ्रष्टाचारको आरोपसहित उनीविरुद्ध अख्तियारमा मुद्दा चलिरहेको छ । मुद्दा चलेकै अवस्थामा चुनाव लडेर उनी निर्वाचित भएका छन् ।

कैलाली जिससका प्रमुख–उपप्रमुख र सदस्य गरेर नौ पदमा सोमबार चुनाव हुने कार्यक्रम छ । सो मतदानमा कैलालीका १३ पालिकाका प्रमुख–उपप्रमुख गरेर २६ मतदाता छन् । उपाध्यायले मतदान गर्न नपाउने भएपछि अब मतदाता २५ जना मात्रै भएका छन् ।

माओवादीका उपाध्यायले मतदान गर्न नपाएपछि अब कांग्रेस, माओवादी र समाजवादीसहितको सत्तारुढ गठबन्धनसित १२ मत मात्रै छन् । यस्तै, एमाले र नागरिक उन्मुक्ति पार्टीसँग पनि १२ मत छ । 



दुई पक्षको मत बराबर भएको अवस्थामा धनगढीका स्वतन्त्र मेयर गोपाल हमाल निर्णायक बनेका छन् । कांग्रेसले हमालले आफ्नो पक्षलाई मतदान गर्ने विश्वास गरेको छ । तर, हमाल कुनै पनि पक्षमा खुलेका छैनन् ।



  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १९:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया