विश्वविजेता फ्रान्स क्रोएसियासँग पराजित

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोएसियासँग १–० अन्तरले पराजित भएको छ । 

पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले पाएका अवसर गुमाउँदा हार बेहार्न बाध्य भयो । भ्रमणकारी टोली क्रोएसियाको जितमा लुका मोड्रिचले पाँचौं मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो ।  

योसँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराब प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ । फ्रान्स पुछारमा छ । क्रोएसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ६:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया