काठमाडौंको बौद्धस्थित गेष्ट हाउसमा महिलामाथि सामूहिक बलात्कार

काठमाडौंमा २४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई आइतबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् । 

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार चार जना पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरू उपर जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १४:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया