लुम्बिनीकी राज्यमन्त्री विमलाविरुद्ध मिनाले दिइन् उजुरी

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीविरुद्ध दाङ तुलसीपुर उपमहानगरपालिका ५ की मिना भण्डारी बस्नेतले जिल्ला प्रहरी कार्यालय घोराही पुगेर उजुरी दिएकी छिन् ।

राज्यमन्त्री खत्रीले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सामान जथाभावी फालिदिएको भन्दै उनले किटानी जाहेरी दिएकी हुन् ।

आज विहान त्यहाँ विमला उनका प्रेमी भनिएका एकराज बस्नेतलाई खोज्न पुगेको बताइएको छ । मीना एकराजकी श्रीमती हुन् । प्रहरीले एकराजको खोजी सुरु गरेको छ ।

यसअघि मीनाको घरमा पसेपछि प्रहरीले राज्यमन्त्री विमलालाई नियन्त्रणमा लिएको थियो । उनलाई अहिले बुटवल पठाइएको छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १६:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया