गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड [पूर्णपाठ]

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्बकाे बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो ।

यसमध्ये चालूतर्फ १३ अर्व २६ करोड ८८ लाख अर्थात ३५९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात् ६१.६६ प्रतिशत विनियोजन भएको छ । 

वित्तीय व्यवस्था तर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत विनियोजन भएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए । सरकारले आगामी वर्ष स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा २ अर्ब ११ करोड १० लाख दिनेछ भने १ करोड ८८ लाख सञ्चित कोषमा व्ययभार हुने अनुमान छ ।

बजेटमध्ये सबैभन्दा धेरै नेपाल सरकारको अनुदानमा निर्भर छ । नेपाल सरकारबाट वित्तीय समानीकरण ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानमा ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक ८३ करोड ७० लाख र विशेष अनुदानमा ८६ करोड पाउने अनुमान सरकारले गरेको छ ।

यस्तै, ५ अर्ब ९ करोड आन्तरिक आम्दानी हुने तथा रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख पाउने अनुमान छ । यो वर्ष खर्च गरेर २ अर्ब ७१ करोड रुपैयाँ बाँकी रहने अनुमान छ भने नपुग हुने २ अर्ब रकममध्ये १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिने बरालले बताए ।

के–के छ गण्डकीको बजेटमा? हेर्नुस् पूर्णपाठ 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया