logo-img

मधेस प्रदेशको बजेटमा खुद्रे योजनालाई प्राथमिकतामा राखिएको लोसपाको टिप्पणी

प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९–०८० को बजेटलाई परम्परावादी र यथास्थितिवादीको संज्ञा दिएको छ ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि टिप्पणी गर्दै लोसपाका प्रमुख सचेतक परमेश्वर साहले बजेटलाई परम्परावादी र यथास्थितीवादी भनेका हुन् ।

प्रमुख सचेतक साहले चुनावलाई केन्द्रित गरेर कार्यक्रमहरु राखिएको बताए । ‘अतिआवश्यक नभएका कार्यक्रम रोक्ने कुरा छैन । अझ खर्च बढाउने कार्यक्रम राखिएको छ । कार्यक्रम कार्यान्वयन हुने अवस्था छैन,’ उनले भने ।

आगामी निर्वाचनलाई प्रभावित गर्नेगरी खुद्रे कार्यक्रम राखिएको साहको तर्क छ । उनले बजेट पूर्णतया अनुत्तरदायी र हावादारी रहेको टिप्पणी गरे । ‘चुनावी सरकार हो । चुनावी बजेट हो । चुनावी सरकारले दीर्घकालीन कार्यक्रम राखेको छ । दीर्घकालीन प्रकृतिका कार्यक्रम हावादारी छन्,’ उनले भने ।

उनले विनियोजनको हिसाबले पनि बजेट हावादारी रहेको टिप्पणी गरे । चुनाव केन्द्रित र सीमित नेता केन्द्रित बजेट आएको उनको जिकिर छ । 

प्रमुख सचेतक साहले बजेट कार्यान्वयन हुनेमा शंका रहेको दाबीसमेत गरेका छन् । उनले चुनावलाई प्रभावित गर्न वितरणमुखी र कार्यकर्तामुखी भई खुद्रे योजनालाई प्राथमिकतामा राखिएको टिप्पणी गरेका छन् ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया