बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आईएमई बैंक एक आपसमा गाभिने (मर्जर गरिने) भएका छन् । बिहीबार काठमाडौंमा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो । नयाँ बैंकको नाम ग्लोबल आइएमइ बिओके बैंक हुने बताइएकाे छ। मर्जरसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।