बेन्जेमाले रियलसँगको सम्झौता नवीकरण गर्ने

स्पेनिस महारथी क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन् ।

उत्कृष्ट लयमा रहँदै यूइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका उनले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ । फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ।

३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका थिए । सय सिजन क्लबले ला लिगासहित च्याम्पियन्स लिग उपाधि जितेको थियो । 

उनले रियलका लागि ४१५ खेलमा २१९ गोल गरेका छन् । यस्तै, बेन्जेमाले रियलबाट २१ मुख्य उपाधि जितेका छन् ।  

 





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ७:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया