सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकले अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्कासन गर्दै छ ।

बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निजी क्षेत्रका व्यक्तिगत तबरले बिक्री गरिनेछ । बाँकी रहेको दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो । 

१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । 

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले १० देखि १४ असारसम्म आवेदन दिन सक्नेछन् । १४ असारसम्म लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे आवेदन अवधि २४ असारसम्मका लागि लम्बिने बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले जनाएको छ । 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १०:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया