सप्तकोसी नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए  । 

बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ । चारजना युवा डुंगामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकाराम बस्नेत र नितेश बस्नेतलाई सकुशल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ । 

बेपत्ता भएका विष्टको गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको छ । खोजी कार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार २०:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया