logo-img

जोकोभिचको नाममा नयाँ कीर्तिमान

सर्वियन स्टार नोभाक जोकोभिचले विम्बल्डन टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेसँगै एक खास कीर्तिमान आफ्नो नाममा गराएका छन् । 

जोकोभिचले विम्बल्डनको पहिलो चरण अन्तर्गत गएराति दक्षिण कोरियाका क्वान सून वूमाथि ३–१ सेटको जित हात पारेका हुन् । 

जोकोभिचले खेल ६–३, ३–६,६–३ र ६–४ ले आफ्नो पक्षमा पारे । यो विम्बल्डनमा उनको ८० औं जित हो । यससँगै जोकोभिच चारै ग्राण्डस्लमा टेनिस प्रतियोगितामा ८० वा सो भन्दाबढी खेल जित्ने पहिलो खेलाडी बनेका छन् । 

२० पटक ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन बाहेक युएस ओपनमा ८१, फ्रेन्च ओपनमा ८५ र अस्ट्रेलियन ओपनमा ८२ खेल जितेका छन् । 
 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ११:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया