विम्बल्डन टेनिस : राडुकानु बाहिरिइन्, जाेकाेभिच तेस्रो चरणमा

बेलायती स्टार इमा राडुकानु विम्बल्डन टेनिस प्रतियाेगिताको दोस्रो चरणबाटै बाहिरिएकी छिन् । राडुकानु महिला एकलतर्फकाे खेलमा फ्रेन्च खेलाडी क्यारोलिन गार्सियासँग २-० काे साेझाे सेटमा पराजितसँगै प्रतियाेगिताबाट बाहिरिएकी हुन् ।

चर्च रोडस्थित सेन्टर कोर्टमा गएराति गार्सियाले दुवै सेट समान ६-३ ले आफ्नो पक्षमा पारिन् । अब गार्सियाले तेस्रो चरणमा चिनियाँ खेलाडी झाङ शुआईकाे सामना गर्नेछिन् । 

शुआई युक्रेनी खेलाडी मार्टा कोस्ट्युकलाई ७-६ (८-६) र ६-२ ले पराजित गर्दै तेस्रो चरणमा स्थान सुरक्षित गरेकी हुन् । त्यस्तै, पुरुष एकलतर्फकाे खेलमा अस्ट्रेलियन खेलाडी थानासी कोक्किनाकिसलाई ३-० काे साेझाे सेटमा हराउँदै नाेभाक जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका छन् ।

साविक विजेता सर्बियन खेलाडी जोकोभिचले खेल ६-१,६-४ र ६-२ ले आफ्नो पक्षमा पारे । अब उनले तेस्रो चरणमा सर्बियाकै मिओमिर किचमानाेभिचकाे सामना गर्नेछन्  ।

किचमानाेभिचले दोस्रो चरणमा चिलीका अलेजान्ड्रो ताबिलोलाई ७-६(७-४), ७-६(७-३), ३-६ र ६-३ ले पराजित गरेका हुन् । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ६:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया