फिफाले पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध हटायो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) माथिको प्रतिबन्ध हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तानमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो ।

पिएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै फिफाले २०२१ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो । पिएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो ।

फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा गठन गरिएको नर्मलाइजेसन कमिटीले पिएफएफ पूर्णरूपमा आफ्नो मातहतमा ल्याएका कारण प्रतिबन्ध हटाइएको जनाएको छ ।

यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिए फेरि प्रतिबन्ध लगाइने चेतावनी पनि दिएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ७:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया