logo-img

चलचित्र ‘प्रसाद-२’ निर्माण हुने, मुख्य भूमिकामा विपिन र नम्रता

नेपाली चलचित्र  ‘प्रसाद–२’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माण गर्ने औपचारिक घोषणा भएको हो । 

चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन् । चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । 

सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुभाष थापाले निर्माण गर्न लागेका हुन् । कार्यक्रममा नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताए । उनले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिवद्धता पनि जनाए । 

उनले सञ्चारमाध्यममा पारिश्रमिक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागे पनि त्यो सत्य नभएको पनि स्पष्ट पारे । नायिका नम्रता श्रेष्ठले प्रसाद–२ झनै राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।  

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारीलगायतको अभिनय रहनेछ । 
 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १०:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया