रोपाइँ गरिरहेका बेला चट्याङ लागेर एक किशोरीको ज्यान गयो
फरकधार / १८ असार, २०७९

कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । 



शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

बिहान खेतमा धान रोप्न गएकी थारू चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २१:१२:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया