एसपिपीका विषयमा तत्कालीन प्रधानमन्त्री र रक्षा मन्त्रीलाई जानकारी थिएन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी) को विषयमा तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई कुनै जानकारी नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सरकारले यथार्थ कुरा बाहिर ल्याउनुपर्यो । जस्तो एसिपपीको विषय के हो? एकजना सत्तापक्षका नेताले मेरै पालामा आएको थियो र पछि हामीले रद्द गरेको भन्नुभयो । यस्तो भ्रम राज्यमा बसेका नेताहरूले गर्न पाउँदैनन्,’ ओलीले भने, ‘म चुनौतीका साथ के भन्न चाहन्छु भने २०७२ साल भदौ २४ गते संविधान जारी हुनु भन्दा १० दिन अगाडि नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपिपीमा सहभागिताका सम्बन्धमा पत्राचार गरेको रहेछ । सरकार परिवर्तित भएको र नवगठित सरकारलाई जानकारी गराइएको थिएन ।’

उनले अगाडि भने, ‘यसमा नेपाली सेनाको यस्तो चर्चामा आउनुपर्ने संस्था होइन । किन आयो भने सेनाले सोझै विदेशी दूतावासलाई पत्राचार गर्ने कुरा गर्ने यी कुटनीतिक मर्यादा प्रचलन केही अनुसार पनि भएनन्, त्यति बेला प्रधानमन्त्री रक्षामन्त्रीलाई कुनै कुरा पनि अवगत गराइएन । त्यसपछि यो विषय चुपचाप रह्यो कसैले चर्चा पनि गरेन ।’

ओलीले एसपिपीको विषयमा सत्यतथ्य बाहिर ल्याउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह पनि गरे ।  





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १४:१०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया