logo-img

नाडाल विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा

स्पेनिस स्टार राफेल नाडाल विम्बल्डन टेनिसकाे क्वार्टरफाइनल प्रवेश गरेका छन् । नाडालले गएराति पुरुष एकलतर्फकाे खेलमा डच खेलाडी बाेटिस भान डि जान्डस्कल्पलाई ३–० को सोझाे सेटमा पराजित गरेका हुन् ।

सेन्ट्रल काेर्टमा भएकाे खेल ६–४, ६–२ र ७–६ (८–६) ले आफ्नो पक्षमा पार्दै नाडालले अन्तिम आठमा स्थान सुरक्षित गरे । अब उनले सेमिफाइनल प्रवेशका लागि अमेरिकी खेलाडी टेलर फ्रिट्जकाे सामना गर्नेछन् ।

फिट्जले अस्ट्रेलियन खेलाडी जेसन कुबलरलाई ६–३, ६–१ र ६–४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ७:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया