नेपाल र क्यानडा भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड, नामिबियासँग हुने त्रिकोणात्मक शृंखलाको  तयारीका लागि क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) घरेलु टिमविरुद्ध क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दै छ । क्यानडाको किङ सिटी मेपल लिफ क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । 

नेपालले क्यानडामा दुई खेल खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालले पूर्वनेपाली क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा स्थानीय ओन्टारियोसँग एक एकदिवसीय र एक ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जसमा नेपालले एक दिवसीय खेलमा नेपालले ६९ र ट्वान्टी–२० खेलमा ५५ रनको जित निकालेको थियो ।

चिरपरिचित प्रतिद्वन्द्वी क्यानडासँग यसअघि नेपालले तीनपटक खेलिसेकेको छ । तीन भेटमा नेपाल दुई खेलमा विजयी हुँदा क्यानडाले एकपटक जित हासिल गरेको छ । नेपाल र क्यानडा पहिलोपटक २०१४ मा खेलेको थिए । 

२०१५ को आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल १२ रनले पराजित भएको थियो । आइसिसी लिग डिभिजन–२ मा नेपाल र क्यानडाको दोस्रो खेल भएको थियो । २०१५ मा नामिबियामा भएको उक्त खेलमा नेपालले ७ विकेटको सुखद् नतिजा निकालेको थियो । 

यस्तै, क्यानडाबिरुद्धको तेस्रो तथा अन्तिम भेटमा २०१८ मा भएको थियो । आइसिसी डिभिजन–२ को खेलमा नेपाल १ रनले विजयी भएको थियो । ५१ रन जित्नका लागि आवश्यक रहेको थियो । नेपालसँग १ विकेट मात्र बाँकी रहेको अवस्थामा करण केसी र सन्दीप लामिछानेले रोमाञ्चक जित दिलाएका थिए । यस खेलमा करण केसीले ५ विकेटकासाथ विजयी ४२ रन बनाएका थिए ।

घरेलु टोली क्यानडासँगको दुई खेलको शृंखलापश्चात् नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग–२ खेल्न स्कटल्याण्ड जाने तालिका रहेको छ । नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्ड भ्रमणमा नेपाल जितसहित विश्वकप त्रिकेट लिग–२ अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।
 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १८:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया