पिएसजीको मुख्य प्रशिक्षकमा गाल्टिएर नियुक्त

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको केही घण्टामै पिएसजीले गाल्टिएरलाई दुई वर्षका लागि नियुक्त गरेको हो । यसअघि पोचेटिनोले क्लबमा १८ महिना बिताए । 

नयाँ प्रशिक्षक गाल्टिएरको पार्क डेस प्रिन्सेसमा सन् २०२४ सम्मको कार्यकाल रहनेछ । ५५ वर्षीय फ्रान्सेली पूर्वडिफेन्डर गाल्टिएर फ्रेन्च क्लब निसका प्रशिक्षक थिए । 

अब गाल्टिएरलाई फ्रेन्च च्याम्पियनमा रहँदा युईएफए च्याम्पियन्स लिग मुख्य लक्ष्य हुनेछ । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ६:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया