प्रदर्शनकारी सुरक्षा घेरा तोडेर प्रधानमन्त्रीको कार्यालय छिरे
फाइल तस्वीर

बुधबार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूले श्रीलंकाको संकट समाधान गर्न वर्तमान सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् । 

प्रधानमन्त्रीको कार्यालयमा सयौँको संख्यामा तैनाथ सशस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलंकास्थित सम्वाददाताले पुष्टि गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलंकाको संकटको कारण राजापाक्षे परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन् । 

यसैबीच, श्रीलंकाको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ । प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १८:५५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया