कांग्रेस केन्द्रीय सदस्यको आरोप : महामन्त्रीहरुले केटाकेटीको व्यवहार देखाए

नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले पार्टीका दुई महामन्त्रीले केटाकेटी व्यवहार देखाएको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केटाकेटीको संज्ञा दिएका हुन् । 

सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले यस्तो आरोप लगाएका हुन् । स्थानीय निर्वाचनको समीक्षा गर्न बसेको बैठकमा उनले पार्टीमा छलफल नगरी दुई महामन्त्रीद्वयले अनेकथरी काम र अभिव्यक्ति दिएर केटाकेटीपन देखाएको आरोप लगाए ।

लोकप्रिय हुन महामन्त्री थापाले सभापति देउवाको आलोचना गर्दैै हिँडेको उनले आरोप लगाए । महामन्त्रीजस्तो पदको मान्छे शेखर कोइराला गुटको बैठकमा सहभागी भएको भन्दै उनले थापाको चर्को आलोचना गरे । अब आइन्दा महामन्त्री थापा फेरि गुटको भेलामा गए बहिष्कार गर्ने उनले चेतावनीसमेत दिए ।

केन्द्रीय सदस्य राजीव ढुंगानाले पार्टीको सल्लाहविना महामन्त्री थापा र शर्मा विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगमा पुगेको विषयप्रति आपत्ति जनाए । 

अर्का केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरूले विभिन्न सञ्चामाध्यममा अन्तर्वार्ता दिँदै पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए ।





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार २१:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया