जनार्दन शर्मामाथि छानबिन : समितिले अझै गरेन सभापति चयन, भोलि अर्थ र राजश्व सचिवसँग छलफल गर्ने
फाइल तस्वीर

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीबारको बैठकले शुक्रबार अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्वअर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । 

उनले बुधबार अर्थ मन्त्रालयलाई पूर्वअर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरे पनि नआएको र बिहीबार कार्यलय सयमभित्र आउने अपेक्षा गरेको बताए । 

सचिव शर्माले समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोण सहितको कार्यतालिका भने पास गरेको बताए । उनले अब ७ दिनभित्र नै अध्ययन प्रतिवेदन लेख्नेगरी काम गर्ने सहमति भएको बताए । 

सचिव अर्यालले बिहीबार पनि समितिको सभापति भने चयन हुन नसक्दा ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको बताए । 

उनले भने, ‘संसदीय विशेष छानबिन समितिको बैठक आज पनि ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्यो । बैठकलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्ने र तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणले सहितको कार्यतालिका बनाउने जिम्मा सचिवालयलाई दिएको थियो । त्यो कार्यतालिका बनाएका थियौं । कार्यतालिकामाथि पनि छलफल भयो,' उनले भने । 



सचिव अर्यालले शुक्रबार बिहान १० बजे समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागज तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थ सचिव र राजश्व सचिवसँग छलफल गरिने बताए । 

'शुक्रबार बिहान १० बजे बैठक बसेर त्यसमाथि अध्ययन गर्ने, १२ बजे अर्थ सचिव,राजश्व सचिवलाई आमन्त्रण गरेर यस विषयमा जानकारी लिने र बेलुका समय भएसम्म पाँच बजेपछि अन्य पदाधिकारीसँग छलफल गर्ने तयारी छ,’ उनले भने ।



तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । 

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १६:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया